रक्सी धोकेर के सोच्छन् उनीहरू ( 09:16 PM; 05 Aug,2020)
घमण्ड को राजा हुन् तर आँफुलाई हरिचन्द्र देखाउँछन्
कपटीयाइ र अधर्मी हुन तर आदर्शवादी को ढोंग गर्छन्
रक्सी खाएर आफ्नैं घर तोडछन उनीहरू
समाजमा बनावटी छवी देखाउँदै हिँड्छन् उनीहरू।
मौज गर्नु पर्छ, रक्सी पिउनु पर्छ, सबैलाई समान मौका दिनु पर्छ भन्छन् उनिहरु
तर आफ्नो छोरो रक्सी थाप्न गएँ नराम्रो चिज हो खानु हुँदैन भन्छन् उनिहरु
पेशा मा आदर्शवादी हुन्, तर आदर्श पनि रक्सी मै मिलाएर पि सके उनीहरू
कपटीयाइ, जुआ तास हरेक मा रिपु छन उनीहरु।
पेसा छोडेर पनि हाम्रो अधिकार छ भन्दै आफ्नै इज्जत खान्छन्
जुआ तास पनि आफ्नै विद्यार्थी सँग खेल्ने गर्छन्
कुकुर को मुत पिएर आर्दश को गफ दिन्छन्
अरुबेला मूक रहने खाएर हल्ला, झगडा, कपटीयाइ गर्छन्।
अमृत सोचेरै विष पिउँदै हिँड्छन्
जिउँदै आफ्नु परिवार लाई नर्क देखाउँछन्
पिएर कपटीयाइ घमण्ड गर्दै हिँड्छन् उनीहरू
आफ्नै इज्जत आँफै पिउने गर्छन् उनीहरू।।
रक्सी पिउँदै देश विकासको भाषण छाटछन्
मुर्ख, पागल पनि आफुलाई डिप्लोमेट देखाउँछन्
मातेर लड्दै,मुतदै,छाड्दै हिँड्छन् उनीहरू
रक्सी धोकेर खै आफुलाई के सोच्छन् उनीहरू।।
-