मेरो जीवन को हरेक अभिलाषाहरु
त्त्यसै बिलिन हुन नदेऊ,
ह्रदयको बेदंनाहरुलाई, बुझी देऊ तिमी ।
आशालाई नंमारी देऊ ,
तर सदैव साथ दिएर
खुशी बनाईदेऊ मलाई तिमी।
-
एकको प्रेमलाई लत्याएर
अर्को प्रेमलाई सिंगार्छु भन्नू यसै पनि सहि हुँदैन,
किनकि प्रेमलाई तिमीले त्यतिबेलासम्म सिंगार्न सक्छौ जबसम्म प्रेमले तिमीलाई सिगारिरहेको हुन्छ ।
जब एकातिर प्रेमलाई लत्याउछौ थाहा छैन अर्कोतिर तिमी प्रेम पाउछौ कि पाउदैनौ ।।-
जुनले सधै लाजको गरिमा बोक्छ भन्ने कहाँ र !
म त जुनमा बिद्रोह देख्छु,
आफू आफैमा पूर्ण हुनुको घमण्ड देख्छु,
तिमीलाई आफूलाई हेर्न बाध्य बनाइदिने जुनुन देख्छु ।-
हिजो सहर फरक थियो
तिमीसंगको सम्बन्ध गाढा थियो
तिमीलाई भेट्ने, तिमीसँग कुरा गर्ने
रहरहरु यत्रतत्र जताततै थिए,
आखिर समय न हो !
आज शहर एउटै छ तर हामी अज्नवी छौ
एकाअर्कासँग अपरिचित झै छौ ।।-
मैले शब्द कोरिरहदा तिमीलाई नसम्झिउ
कयौं पटक कोसिस गरे,
मस्तिष्कभन्दा अगाडि किबोर्डमा औलाहरु चल्न थाल्छन्,
अनि,
औलाहरु भन्दा अगाडि तिमी कोरिन थाल्छौ
...... ...... .......
बिडम्बना !!-
तिमी मिठो भोगाइ हौ मेरो
जिंदगीको ठूलो सिकाई हौ मेरो
"पाएपछि मात्र सहि "यसो भन्दिन म
तिमी आफैभित्र बसाउने प्रीत हौ मेरो ।।-
हिजोआज भूल्नेहरु सँग भन्दा पनि सम्झिनेहरु
सँग सवाल गर्न मन लाग्छ
के कुराले याद दिलाउछ मेरो तिमीलाई ❤️❤️-
नमस्ते अनि गोर्खे सलाम !
१) आजको शब्द "गोधुली" राखेको छौं ।
यस शब्दमा आफ्नो लेख लेख्नु होला ।
२) दिएको वाक्य पुरा गर्नु होला:
"तिमी चाहन्छौं भने __________"-
तिमीले मलाई पढ्नु र नपढ्नु उस्तै हो । किनकि अब तिमी चाहेर पनि मसंग उसैगरी नजिक हुन सक्दैनौ अनि म चाहेर पनि तिम्रा अभिव्यक्तिलाई अनुशरण गर्न सक्दिन ।
मैले तिमीलाई पहिला नै भनेकी हुँ "मसँग यस्तो कुनै सम्बन्ध नगाँस जसले गर्दा पुन सम्बन्ध गास्न नसकियोस् ।"-