Yamuna Thapa   (Neela)
152 Followers · 157 Following

हिम्मत गर तिमी उड्नु पर्छ उन्मुक्त भएर ।
Joined 20 July 2021


हिम्मत गर तिमी उड्नु पर्छ उन्मुक्त भएर ।
Joined 20 July 2021
1 JAN 2022 AT 13:52

मागेको कुन चाहिँ कुरा दिगो हुन्छ
जो भाग्यमा लेखेको छ त्यो अवश्य पूरा हुन्छ !!

-


1 JAN 2022 AT 9:41

जति सुन्दर आरम्भ छ अन्त्य पनि त्यति नै सुन्दर र रसमय बनिरहोस्, जिन्दगीमा जिन्दगीले जिन्दगीको चाहाना राखेको हुन्छ त्यो जिन्दगी सबै सबैलाई मिलोस्, आँसुसंगको सुरुवात मुस्कानसँगको सानिध्यतामा रमाउन पुगोस् नयाँ वर्षको शुभकामना
Happy New Year 2022

-


31 DEC 2021 AT 20:45

न अब म्यासेजको प्रतीक्षा
न कलको कुनै आश
अब केही हुने छैन
समय आफ्नै हुनेछ मात्र आफ्नो निम्ति
अनि प्रेम पनि आफ्नो हुनेछ नितान्त आफ्नो
आफ्नो मनको आफ्नो प्रीति ।।
#Lastdayof2021

-


31 DEC 2021 AT 20:43

प्रेम गर्नेहरू कहिल्यै कमजोर पर्दैनन् जसले "प्रेममा कमजोर परे" भन्छन् वास्तवमा तिनीहरूले कहिल्यै प्रेम गरेकै हुदैनन् ।।
#तिमी #LastDayof2021

-


31 DEC 2021 AT 20:39

जिन्दगीमा तिमीसँग फेरि भेट्ने चाहाना सकिएको छ र तिमी मेरो विश्वास मान म मेरो चाहानालाई फेरि जिवित कहिल्यै गर्ने छैन ।।
#lastdayofday2021

-


31 DEC 2021 AT 20:35

भ्रम टुट्न मात्र हो समय लाग्ने भ्रम टुटेपछीको समय अक्सर साह्रै सुकुन भरिएको हुन्छ, जसले साह्रै चैनको समय दिन्छ ।।

-


31 DEC 2021 AT 20:20

थाहा छ तिमीलाई
जब मान्छे आफ्नो कमिलाई ढाक्न सक्दैन
तब उसले परिस्थितिको साहार लिन्छ,
वास्तवमा त्यो जति नराम्रो संसारमा केही हुँदैन ।।

-


31 DEC 2021 AT 20:15

मलाई तिमी मुस्कुराएको खुब मन पर्छ
त्यसैले त मैले सारा आँसुहरु आफैमा समेटेर राखेकी छु ।।

-


31 DEC 2021 AT 20:13

सबै अन्त्यहरु सुन्दर हुँदैन कुनै कुनै अन्त्यहरु यस्ता हुन्छन् जसमा जीवनको कुनै गुञ्जायस रहदैन ।
#Lastdayof2021

-


21 NOV 2021 AT 14:27

मैले शब्दहरू कोरिरहदा
तिमी अर्कै भूगोलको यात्रामा हुनेछौ,
तिमी निदाइ रहदा
मेरा शब्दहरु बोलिरहेका हुनेछ,

मेरो हृदयले प्रेम गुनगुनाइ रहदा
तिम्रा ओठहरु अनायासै मुस्काउने छन्
यहाँ भन्दा पहिले हाम्रो प्रेमलाई
हाम्रो हृदयले आभास गर्थ्यो अब
हाम्रो प्रेमलाई समिष्टिले पनि आभास गर्नेछ
#तिमी

-


Fetching Yamuna Thapa Quotes