मलाई कसैले केही भन्दैमा म कहाँ निराश हुन्छु र महोदय
किनकी
जसलाई जिन्दगीले नै लात हानेको छ
त्यसलाई अरु कसले लात हान्दा के नै फरक पर्दछ र!!-
ढुङ्गो त यहाँ यतिकै बद्नाम छ
यहाँ मान्छेको मुटु भन्दा धेरै कठोर चीज छैन।-
जब मान्छेको तस्बिर भित्तामा टासिएर
फूलको माला पाउन सक्षम हुन्छ
तब मात्रै त्यसको असल चरित्र निर्णय हुने गर्दछ-
तिमीलाई मैले बोलाउँदा
तिमी ठीक त्यसै गरी आउनु,
जसरी
तिम्रो याद बोलाउँदै नबोलाई आई हाल्छ-
मलाई खुशी दिन आएको थियो यो समय
आफू हाँस्दै हाँस्दै
तर विडम्बना जाँदा उ रुँदै रुँदै गयो-
आफ्नो भ्रममा यति पनि डुबेको राम्रो होईन महोदय/महोदया
आफैलाई थाहानै नभई आफ्नै प्रेमको
सहरमा आफ्नो नागरिकता हराई सकेको!!
-
म एउटा सुकी सकेको रुख थिए
कोई आयो एउटा फलामको टुकुरो बोकेर ,
म परे सोझो चिन्तन गर्ने ,
मैले सोचे मलाई गोड-मेल गर्न आएको/आएकी उ
मलाई कहाँ थाहा थियो र
उ मलाई गोड-मेल गर्न होइन मेरा जरानै मास्न आएको/आएकी भनेर-
बडो अचम्बको छ हैं यो दुनिया
जहाँ दुई थोपा अश्रु अडिदैनन
त्यहाँ हजारों सपना अडिएका हुन्छन्-
यतिनै चाहान्छु तिमीबाट प्रिये
तिम्रो याद र तिम्रो साथ दुबै मैले नै पाउ
याद मैले र साथ अरू कसैले होइन!!-