गरीबलाई गरीब दुःखीलाई दुःखी देखेर।
को आउँछ उज्यालो विनाको टुकी देखेर।
उ पुतली हो उड्छे ठुलठुला सपना वोकी
मलाई भमरा भन्छे फूल मा खुशी देखेर।
हुनत उ पराई नै हो आफ्नो सम्झीरहन्छ
आफ्नाले त छाडे लाचार जिन्दगी देखेर।
हरे उ पुरूष हो पुरूषार्थमा सवाल होला
त्यसै कहाँ नाङ्गिन्छ कसैको जवानी देखेर।-
गुलाबी अधर को वासना चमेली जस्तो
मृग नयनी नजर चाल नागबेली जस्तो
तिमी नशा हौ कसै को उषा हौ कसै को
सबैको गन्तव्य तिम्रो दिल हवेली जस्तो
भुईमा वोल्छौ दृष्टी आकास तिर राख्छौ
तिम्रो नजर र अधर कस्तो पहेली जस्तो
म अँध्यारो हुँ अँध्यारो मैं रमाउन चाहन्छु
तिमी चम्किरहनु गगनको जुनेली जस्तो-
म हारे पछी तिम्रो जित भएको पल सम्झन्छु।
मेरो उदार प्यार कथित भएको पल सम्झन्छु।
यो धर्ती आकाश र पुरा व्रह्माण्ड साक्षी थियो
एक रात मैं तिमी भ्रमित भएको पल सम्झन्छु।
फुल चुँडीदा आवाज नआए पनी पिडा हुदो हो
त्यो पिडाले काल त्रसित भएको पल सम्झन्छु।-
म हारे पछी तिम्रो जित भएको पल सम्झन्छु।
मेरो उदार प्यार कथित भएको पल सम्झन्छु।
यो धर्ती आकाश र पुरा व्रह्माण्ड साक्षी थियो
एक रात मैं तिमी भ्रमित भएको पल सम्झन्छु।
फुल चुँडीदा आवाज नआए पनी पिडा हुदो हो
त्यो पिडाले काल त्रसित भएको पल सम्झन्छु।-
उनि प्रेमकी मल्लिका म उनको गुलाम जस्तो
उनले दिएको चोट पनि लाग्छ इनाम जस्तो
स्वर्गकी परी अप्सराहरू को रानी जस्ती छिन
हे ईश्वर आएर हेर स्वर्ग पनि छैन ईलाम जस्तो
त्याग गरी प्रेम परिक्षा सफल गरी सिता भइन
म चुपचाप विरह मैं जली रहें श्री राम जस्तो
कुनै खुवी त पक्कै थिएन म भित्र म नै थिएन
तिमीले गर्यौ ऐना देखाउने पवित्र काम जस्तो
सक्किनु थियो मलाई सक्कियो म वाहेक सवै
कुनै जन्मको भयानक पापको परिणाम जस्तो-
त्यो पुरानो तश्विरको स्पर्श नयाँ लाग्यो मुसाफिर
यो नशा हो या निन्द्रा सपना मुकम्मल जस्तो छ-
जुनदिन देखी वोल्दैन मेरो सखी रिसाएको छ।
लाग्छ आफै संग आफ्नैं जिन्दगी रिसाएको छ।-
सके जति उड् गगनमा भुवा भएर
जिऊन पनि त सकिंदैन कुँवा भएर
बाचुन्जेलको तछाड मछाड त हो यो
हराउनु त छदै छ एक दिन धुँवा भएर-
जाउ मलाई छोडेर नफर्किनु।
पाउँछौ फेरी रोजेर नफर्किनु।
कहाँ हवा पानी धुवाँ खोतल्छौ
पाउँदैनौँ अब खोजेर नफर्किनु।
साथ हुँदा समयमैँ चिन्न सकिनौँ
पाउँछु फेरी यो सोचेर नफर्किनु।-