जुन साङ्लो चुँडेर म हिँडेको थिएँ
त्यहि साङलोमा तिम्राे खुट्टा अल्झिएछ।
हामी एउटै होइन नि साथी!
मेरो खुट्टा बाँधिएको थियो,
तिम्राे खुट्टा अल्झिएको मात्र हो।
मेरो खुट्टा रगतपच्छे भयो,
तिम्राे खुट्टा त्यहि रोकियो।
चिचाई चिच्याई मेरो आत्माले बोलाउँदा
रगतपच्छे खुट्टाले म दौडे,
तिमीलाई त्यो साङ्लोको आवाजले
केहि नसुन्ने बनाएछ।
तिमीलाई डोहोराउन भनि आएको पनि थिए
तिम्राे आँखाले भने साङ्लोलाई नै हेरिरह्यो,
अब भने म पर्खिनु नसक्ने भए,
यात्रा लामो छ,
हरेक पाइलामा साङ्लो फसिन्छ भन्ने डर छ।-
Beautiful meadow and a lovely tiny cottage,
what a merry life of the farmer's wife.
Surrounded by cattle, ducks and hens,
singing as she feeds them with her own hands.
Ahh! that is what you see from your posh balcony.
Did you notice the roof of the lovely tiny cottage,
tan on her face and the blisters on her palms?
Colour of her apron and her tangled hair, did you notice the wrinkles on her face?
The view from my window does not match yours I'm afraid.
I see the leaking roof and everything that is not pleasant.
I can smell the sweat mixed with farm waste.
I see the lines on her face at a young age.
But I too hear her laughter that sounds so naive.
©Kathak
-
Beautiful meadow and a lovely tiny cottage,
what a merry life of the farmer's wife.
Surrounded by cattle, ducks and hens,
singing as she feeds them with her own hands.
Ahh! that is what you see from your posh balcony.
Did you notice the roof of the lovely tiny cottage,
tan on her face and the blisters on her palms?
Colour of her apron and her tangled hair, did you notice the wrinkles on her face?
The view from my window does not match yours I'm afraid.
I see the leaking roof and everything that is not pleasant.
I can smell the sweat mixed with farm waste.
I see the lines on her face at a young age.
But I too hear her laughter that sounds so naive.
©Kathak
-
जिब्रो
ए! मांसपेशीले बनिएको महोत्वपूर्ण अंग।
गुलियो, नुनिलो, तितो, अमिलो
सबै थरीको स्वादको अनुभव गराउने तिमी।
स्वाद मुखको मात्र होइन शब्द काे पनि महसुस गराउँछौ।
के तिमी चल्नु अघी केहि सोच्छौ,
त्यो तिम्रो वक्तव्य सुन्ने व्यक्तिको मनोस्थिती,
उसको परिस्थिति?
मस्तिक्ष ले चलाइने तिमी मात्र एउटा सानो इन्द्रिय अंग
तर तिमी कत्ति शक्तिशाली फेरि तिमी नै कमजोरी।
नैतिकता को पाठ कहाँबाट दिन्छौ?
मैले सुनेको अनैतिकता को पाठ पनि तिमीले नै दिन्छौ रे।
तिम्रो चालक बुद्धिमानी, अमुइनी तिमी अप्रतक्ष्य रूपमा दोषि ।
© तमन्ना सुब्बा ( कथक)-
कोहि त होस
मेराे आँखा पढ्ने
मेराे स्वर मा
मेराे व्यथा बुझ्ने
म हाँस्दा
संगै हसिदिने
म रुँदा
मेराे आँसु पुछ्ने
म रिसाउँदा
मलाई फर्काइदिने
मेराे बोलीमा
मेराे भावना बुझ्ने
जून तारा नखसाई
मायाले मुटु भरिदिने।-
भावनाहरू पनि आलू पराठा बेल्दा
आलू निस्के झै गरि निस्कन्छ।
आलू मात्र भए त निस्कन्थेन होला।
ना ना थरीका सामग्री ले ना अटाउने हुन्छ।
कहिले पानीको टंकी ओभरफ्लो भए झै बहन्छ।
कता निस्कु कता पोखु ठेगाना नै पाइनँ।
मन्न काे ठेगाना कहाँ हो कहाँ
त्यो पनि पत्त नै भएन।
दुःख्नु चाँहि छाती मा दुख्छ
बहानु चाँहि आँखाबाट।
छोरी हुनु गाह्रो जस्तो लाग्छ
छोरा हुनु नि उत्तिनै गाह्रो हुन्छ रे।
मान्छे हुन नै गाह्रो होला।
पशु को जुनि पनि गाह्रो होला,
काखै बाट बच्चा छिनिदिन्छ।
धोखा दिने चाँहि तर अरू जाति हुन्छ।
कुकुरले कुकुर कै चित्त दुखाउँदै होला।
छोरा छोरी बाट आश कुनै हुँदैन होला।
बिहे पछि छोरा बदलिँदैन होला।
छोरीको माइत न त ससुराल नै हुन्छ होला।
बुढेसकालमा एक्लै हुने दर्र हुँदैन होला।
मान्छे काे जुनी लिएर आउने
भावनाहरू को भण्डार हौ
चित्त कसैको नदुःखौ
पूर्णिमा काे रात पछि औंसी पनि आउँछ।
आज तिमी यूवा छौ भोलि बृद्ध पनि हुन्छौ।
-
बाबा
सानो छदा मेराे हाथ पक्रेर डोर्याउने
त्यो हाथको नारी खालि रहेछ
मेराे नारीमा टाइटन को घड़ी सजाउन,
एउटै मात्र हजुरको कमेज,
मेराे स्कूलको कमेज अघि मैला देखिन्थ्यो।
मेराे पनि पसिना आउथ्यो,
हजुरकाे पसिना त्यहि एउटा कमेजमा सुख्थ्यो।
म दुःखी हुँदा आँखा हजुरकाे रसौथियो,
बिरामी म ओछ्यानमा लड्दा निन्द्रा हजुरको भाग्थ्यो।
त्याग आमाको धेरै थियो,
बलिदान हजुरकाे पनि कहाँ कम थियो।
जीवनको हर एक संघर्षमा
ढाल बनि सुरक्षित राख्ने,
हजुरकाे मुहारमा ब्रह्म, विष्णु, महेश देख्छु।
मेराे आयु हजुरको नाम गरिदिन्छु
हर एक जुनिमा हजुरको छोरी भएर जन्म लिन्छु।
©तमन्ना-
खुशी त तिमीले असाध्यै दिन्छौ,
दुःखी पनि निर्धक्क हुन पाऊँ।
मेराे खुशीमा तिमी खुबै खुशी हुनु
म दुःखी हुँदा अलिकति भुझि पनि दिनु।
खुशीको श्रोत तिमी नै हौ माया
दुःखको श्रोत अनगन्ती छन्।
खुशीको श्रोतले अंगालेर सुरक्षित राख्छ
दुःख भने अचानक भदौरे झरि सरि आइपुग्छ।
खुशी मात्र भए जीवन परिकथा हुन्थ्यो,
दुःख पनि छ अनि त गाउँ खाने कथा जस्तो छ
रोमाञ्चक पनि छ।
तिमी सधैं खुशी अनि सुखको श्रोत हुनु माया
दुःख त अनपेक्षित भावना हो
आउँछ जान्छ।
-
It's not only
being happy with them,
it's also about them
understanding your sadness.-