Pandulipi kr  
0 Followers · 1 Following

Joined 20 October 2020


Joined 20 October 2020
17 APR AT 12:31

हाइकु

बतास चिन
तुफान सङ्ग लड
बुझ्न यो नभ

©के.आर. पाण्डुलिपि

-


14 APR AT 9:00

सपनाको गुड
सङ्कल्पको बचेराहरुको पखेटा पलाई
दृढताताको
उडानले
कावा खाओस
नयाँ बर्ष २०८२को तपाईं सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना....

©के.आर.पाण्डुलिपी

-


5 NOV 2023 AT 13:40




यहाँ म जङ्गल हु,तिमी सलाईको काटी
मलाई जलाउन खोज्दा, तिमी आफै जल्नु पर्छ ...

©के आर पाण्डुलिपि

-


30 JUL 2023 AT 7:46

दुरि"

तिमी समुन्द्र
म खोला बनेर
तिमिमै समाहित हुन खोजेको थिए
अपसोच
तिमी खोला र किनारा रहेछौ।

©के आर पाण्डुलिपि

-


30 JUL 2023 AT 7:42


बिछोड

मैले तिम्रो खुशिकोलागी
आफ्नो मन र आफैलाई
मारिदिए ...

©के आर पाण्डुलिपी

-


25 JUL 2023 AT 23:38

पर्खाई

डर यत्ती छ,
तिमी मेरो हुन आउनु भन्दा अगाडि
कतै
मेरो हुन काल न आइदेओस .....

© के आर पाण्डुलिपी

-


25 JUL 2023 AT 23:30

पर्खाई

पुरानो गोरेटोले बटुवा पर्खिए जस्तो
मखमलिले फूलले भाइ पर्खिए जस्तो
चिरा परेका गह्राले बर्षा पर्खिए जस्तो
बातिले जल्न तेल पर्खिए जस्तो
भोको पेटले भोजन पर्खिए जस्तो
म तिम्रो आगमन पर्खिरहेको छु।

©के आर पाण्फुलिपी

-


25 JUL 2023 AT 23:24



पर्खाइ

टन्टलापुर धुपमा
ठाडो उकालो
चढ्दै गर्दा
थकाई गलेर
पसिनाले भिजेको
बेला
चिसो एक झोक्का
हावाले स्पर्श गरेर गए जस्तो
तिम्रो
यो जिन्दगीको थकानमा
तिम्रो हातको
स्पर्श कहिले मिल्ला?

©के आर पाण्डुलिपी

-


25 JUL 2023 AT 9:31

वर्षा,

टिपेर कालो बादल
तिम्रो केसमा सिउरि दिउला
चोरेर मेघको आबेग
तिम्रो नाकमै राखी दिउला
अनि बाढी ल्याउनु
साउन बनी
मेरो परिधी भित्र ।

©के आर पाण्डुलिपी

-


24 JUL 2023 AT 8:43

"औंशी"

पूर्णहुन तम्तयार जूनले हिजो ,मलाई सोध्यो
" तिम्रो प्रीयसी तिम्रो आगनमा आउने हुन् त?"

मैले निर्धक्क जवाफ दिए" अबश्य आउछिन्!"
"त्यसो भए म उदाउदिन" जून यती बोलेर हरायो।

आज मेरो आगन अध्य्यारो छ।

©के आर पाण्डुलिपी

-


Fetching Pandulipi kr Quotes