happy happy   (Rittohaat)
1 Followers · 1 Following

read more
Joined 30 January 2024


read more
Joined 30 January 2024
19 MAR AT 19:47

आफ्नो गल्ति महशुस नगरी धेरै ठूलो पल्टिने र आफै सही हूँ भन्ने, बढी तर्क गर्न खोज्ने हरुलाई "i am sorry " भनेर कुरा सिध्याउने गर्नुस् ।किन कि ठूलो पल्टिने लाई ठूलै हुन दिन पर्छ र एकदिन समयले उसलाई सानो अवश्य बनाउँछ ।

-


19 MAR AT 12:00

तिमी बिना सास चलेको त छ तर दिमाग सही ढंगले चल्न छोड्यो माया,
तिमी बिना पागल भएको छु म ।

-


14 MAR AT 8:39

हे भगवान ,मेरो जिन्दगीमा युज नै नहुने, केही कमाई नी नहुने ,कहिल्यै काम पनि नलाग्ने एप्स जस्ता १-२ जना मान्छे छन् ,बेकारमा मेरो दिमागको ब्याट्री खाएर बसेका छन् तिनी हरुलाई मेरो जिन्दगीबाट अनइन्स्टल गर्दिनु पर्यो प्लिज।

-


13 MAR AT 13:08

गुणले मात्र हुँदैन भाग्य को कुरा हो,
कुनै फूल मुर्तिमा चढ्छ कुनै लाशमा चढ्छ
कुनै ढुङ्गा मूर्ति बन्छ, कुनै सिलौटा बन्छ
कुनै कागजमा गीता लेखिन्छ, कुनै ट्वाइलेट पेपर बन्छ
कुनै सुनको गहना बन्छ,कुनै जलप बनेर नासिन्छ
कुनै तेल दियोमा बल्छ,कुनै तरकारीलाई भुटन बन्छ
यस्तै हो दुनिया यहाँ एउटै गुण हुनेको पनि भाग्य अलग हुन्छ।

-


13 MAR AT 12:46

मन नै हल्का हुने गरी चिच्याएर रुन मन छ तर एकान्त ठाउँ भेटेको छैन।
सत्यताको बस्तीमा बसाई सर्न मन छ तर त्यस्तो गाउँ भेटेको छैन।।
फूल बनेर फक्रिन मन छ तर मलिलो माटो भेटेको छैन।
कहाँ जाऊँ कहाँ जाऊँ भाछ तर जान कुनै गत्तिलो बाटो भेटेको छैन।।

-


13 MAR AT 9:11

धनले अहंकारी भएको मान्छे भन्दा पनि ज्ञान (शिक्षा) ले अहंकारी भएको मान्छेले अरूलाई तुच्छ व्यवहार गर्ने गर्छ । शिक्षित छौ भने गर्व गर अहंकार हैन,अहंकारी मान्छेलाई कसैले रुचाउँदैनन्।

-


12 MAR AT 20:54

बोलीमा हैन हजुर व्यवहारमा मिठास हुनु पर्छ।जब व्यवहारमा मिठास हुन्छ ,
कोही टाढा भएर पनि आफ्नै साथमा भएको आभास हुन्छ।

-


12 MAR AT 11:32

जसले तपाईं दुःख ,कष्ट आपतमा हुनुहुन्छ भन्ने खबर पाउँदा पनि तपाईंलाई एक कल फोन गरेर सान्तवना सम्म पनि दिँदैन भने त्यो मान्छेसंग तपाईंको रगत कै नाता परे पनि सम्बन्ध राख्न छोडीदिनुस।

-


11 MAR AT 21:58

नबोली नबोली सारा पीडा आफ्नो काँधमा बोक्नेलाई आमाबाबा भनिन्छ।
नबोली नबोली काम बिगार्नेलाई सन्तान भनिन्छ।
नबोली नबोली सताउने लाई प्रेमि प्रेमिका भनिन्छ।
काँडाको बाटो हिँड्न परे पनि नबोली नबोली आफ्नो जिन्दगी नै कसैलाई समर्पण गर्नेलाई असल जीवनसाथी भनिन्छ।

-


11 MAR AT 0:02

केही समास्याले मस्तिष्कलाई यति तिब्र गतिमा खेदिरहेको की म दौडिँदा दौडिँदै त्यो दोबाटोमा पुग्छु जस्तो लाग्दैछ,जहाँ कुनै समाधान नभेटेर यो मस्तिष्कले मेरो ज्यान र आत्माको बिछोड गराउने पक्का छ।

-


Fetching happy happy Quotes