Birahi Badal   (Birahi Badal)
36 Followers · 26 Following

Joined 31 March 2018


Joined 31 March 2018
28 AUG 2023 AT 12:19

*সাধাৰণ সভা*

*প্ৰাক্তন শিক্ষাৰ্থী সন্মিলন*
ভোলাঝাৰ উচ্চতৰ মাধ্যমিক বিদ্যালয়, উপৰখুটি।
সময়: দুপৰীয়া ১২ বজাৰ পৰা।
তাৰিখ : ইং ০৩/০৯/২০২৩, দেওবাৰ।
স্থান: ভোলাঝাৰ উঃ মাঃ বিদ্যালয় প্ৰাঙ্গণ।

-


2 SEP 2022 AT 22:27

तीज.....

बहिनी,
व्रतमा महादेव अथवा
लोग्नेको दीर्घायु होइन् ;
तिमीलाई,
पँधेरो, दोबाटो, मिरमिरे
आदिमा जिस्काउने भमरा
अथवा
अंगहरुमा गिद्धे नजर लगाउने
गिद्धको
मृत्युको वर माँग्नु ल!

-


26 JUL 2022 AT 20:14

मन्च....

जस्ले,
नेता र जनता,
वक्ता र श्रोता
बिच
उच्च र निचको
खुडकिलो निर्माण गर्छ !
त्यहाँबाट तिमी
कसरी समानताको
विगुल फुक्छौ,
समान अधिकारको
प्रतिश्रुति दिन्छौ!!

-


26 JUL 2022 AT 20:13

मन्च....

जस्ले,
नेता र जनता,
वक्ता र श्रोता
बिच
उच्च र निचको
खुडकिलो निर्माण गर्छ !
त्यहाँबाट तिमी
कसरी समानताको
विगुल फुक्छौ,
समान अधिकारको
प्रतिश्रुति दिन्छौ!!

-


22 JUL 2022 AT 11:19

राजबिर्सेको फुलले
मायालुको चुल्ठो सजाउने
एक अनौठो प्रेमी ऊ!!!

उस्को प्रेम गुलावी नहोला....
अथवा...
चूइयाँ प्रेमी भन ....
उस्लाई परवाह छैन!

ऊ,
प्रकृति सरह
निर्मल र निस्चाल प्रेम गर्न जान्दछ...
जाँहा....
राजबिर्से फुल्ने गर्छ!!!

-


10 MAR 2022 AT 17:38

तिम्रो कालो केशको शितलतामा
रम्ने मेरा सपना र इच्छाहरु,
तिम्रो मुस्कानमा अल्झिने
मेरा रहरहरु........
तिम्रै आँखिझ्यालबाट चिहाएर हेर्छन
सफलतालाई मुटुभरी खुशी संगाली!!

-


10 MAR 2022 AT 17:38

तिम्रो कालो केशको शितलतामा
रम्ने मेरा सपना र इच्छाहरु,
तिम्रो मुस्कानमा अल्झिने
मेरा रहरहरु........
तिम्रै आँखिझ्यालबाट चिहाएर हेर्छन
सफलतालाई मुटुभरी खुशी संगाली!!

-


19 DEC 2021 AT 22:11

(माँयाको) खेल खेल्न सिपालू रैछ,
मचै मायालू सम्झन्थे!!
प्रेमको पसलमा....
मुटु बेच्न राखेकी रैछे.....
म,
'दिवानी' सम्झन्थे!!

-


15 DEC 2021 AT 11:47

मानव

प्रकृतिको चिहानमा
सौन्दर्यको बुटा टाँस्न
नर्सरी धाँउने
एकमात्र प्राणी!!

-


23 OCT 2021 AT 17:05

गोर्खे आवेग!

गाँउमा घुम्ने टाउकेहरुलाई आमाले नानिलाई हुर्काएर मानिष बनाए सरह जातियतावादले नेता बनाएर समाजमा चिनाएको थियो। तर आज उस्का युक्तिमा जातियतावादको स्थानै छैन। ऊ आफन्तकै खुट्टा तान्न गाँउ भरि दगुर्दै छ!!

-


Fetching Birahi Badal Quotes