AnJan PraDeep   (प्रदीप)
170 Followers · 63 Following

मुक्तात्मा
Joined 24 December 2019


मुक्तात्मा
Joined 24 December 2019
11 MAR AT 14:57

`फ्रम विथ टु मिथ´

फैलाउँदै -
आफ्ना अजङ्गका जराहरु,
खोस्रिएर -
सीमान्त पीडालाई
काखी च्यापेको
समाजको हरेक पीँध,
एकोहोरो
शासन गर्दै आइरहेको
कुनै डरलाग्दो मिथकझैँ..

उभिरहन्छ,
तिम्रो सुदूर सम्झना -
यो उत्तप्त उदासीको भूगोलभरि..।

-


29 DEC 2023 AT 1:55

बजिरहेको उदास धून,
र पग्लिरहेको बर्फिलो जून !
रात हो एक आँगन,
जहाँ म फिजाउँछु -
एक्लोपनको बिस्कुन ।

भावनाको भट्टीमा
पग्लिदैछु पल-पल,
धातु न हुँ -
चाहे फलाम भन या सुन ।

आउ कोही,
निफनिदेउ मलाई -
अस्तित्वको नाङ्लोमा
घस्रिदैछु एउटा घुन ।

-


19 JAN 2023 AT 12:07

`घडी´

पर्खिनेहरु
र फर्किनुपर्नेहरुबीचको
सन्नाटामा छाडिएका
सुस्केराहरुको झोक्काले नै त
घुमाइरहेको छ यो समयको सुई ।

समय एक सुस्केरा न हो,

- आफै ठोकिएर टाँसिएका
यी चिसा भित्ताहरुबाट
आफैलाई उप्काउन नसकेको !

-


13 JAN 2023 AT 0:09

`इरेजर´

जब -
तिम्रो शरीरको बाफले
धमिलिएको बाथरुमको ऐनामा
आफ्नो नाम कोरेथेँ,
र पग्लिएर बगेथेँ
तिम्रो अस्तित्वको कुनै अंशसगै !

- मैले आफैलाई मेट्न त उहिल्यैदेखी थालेको हुँ ।

अहिले त मात्र -
सम्झनाको उच्छ्वासले
अर्को ऐना धमिल्याउँछु,
र कोरिरहन्छु तिम्रो आकृति -
जुन पनि पग्लिएरै बगिरहेछ ।

-


20 APR 2022 AT 18:38

` नेलकटर ´

- बल्झने घाउहरु छन् ।
- चिथोर्ने नङ्ग्राहरु छन् ।

तर,

- नेलकटर ब्याण्डेजहरुको रासमुनि पुरिएको छ ।

-


30 DEC 2021 AT 0:55


~ जब कि ~

मैंने अपनी सांसें ही
छोडकर आयी है तुम्हारे लिए ।

-


30 DEC 2021 AT 0:43

फ्रीज खोल्छु,
र `अ पिस अफ फ्रोजन मुटु´ लाई
चपिङ्गबोर्डमा राखी काट्न थाल्छु ।

सारा भान्साभर -
मृत सम्झनाहरुको ओसिलो गन्ध मडारिन्छ ।

यो भुत्ते चक्कुका धारभरि टाँसिन्छन् -
नामहीन अनुभव / र अनुभूतिहरुका भ्रूणहरु ।

पल्टाउन थाल्छु,
कुकिङ रेसिपीका मोटा किताबहरु -
पकाउनुछ एउटा परिकार `धड्कन´ को।

-


22 DEC 2021 AT 23:52

बारम्बार आइरहने -
तिम्रो अमूर्त सम्झनाको
मूर्त स्वरुप कस्तो हुन्थ्यो होला ?

मेलाको
घनचक्कर भीडमाझ
हराउने डरमा कुनै बालकले
समाइरहेको / र त्यसैबाट डोहोरिइरहेको
आफ्नी आमाको पछ्यौराको फेरजस्तै हुन्थ्यो होला?

-


11 JUL 2021 AT 16:20

भेटिनू थियो त
अरु कहीँकतै पो भेटिनू !

कि भेटिनू -
जगाउन आएको
बिहानको विमुग्धतामाझ!
कि भेटिनू -
दिनभरको व्यस्ततामाझको
फुर्सदिलो चियाको स्वादभित्र!
कि भेटिनू -
साँझमा घरतिरै फर्किएको
एक थकित बाटोको छेउमै !

भेटिनूको
के नै अर्थ रह्यो र -
यसरी यी निराला सपनाहरुमा ?

-


5 APR 2021 AT 9:41

पतझडमाथि
टेकेर गएको बसन्त -
आइपुगिसकेछ तिम्रो आँगनमा ।

उसको खुट्टामा हेर्नू -
टाँसिएको पाउनेछौ मेरै सम्झनाको धूलो ।

-


Fetching AnJan PraDeep Quotes