QUOTES ON #OPENYOURSELVES

#openyourselves quotes

Trending | Latest
15 JUN 2020 AT 23:17

जीवन यस्तै छ

मलाई नि थाहा छैन के चल्दैछ जीवनमा,
जीवन चलिरहेको छ र समय पनी बित्दै छ।
खाली डर छ मर्नेको अनि आउँदो दिनहरूको,
यो कस्तो दिन र रात त्रास र डरले भरिएको।

हाँसो छ मुहारमा तर जीवनमा छैन,
हर कोही मुकुट लगाए जस्तो छ जीवन।
आहिले सबैको अनुहारमा मुकुट छ,
कसको मुहारमा हँसिलो छ र रसिलो पत्तो हुँदैन।

जीवनमा फरक गर्न धेरै गारो हुन्छ,
देखिन्छ नी नुन र चिची छुटाउन सकिंदैन।
मान्छेको स्वभाव कहाँ चिनिन्छ र,
कसलाई के बितेको हुन्छ कसले देख्छ र?

जो जहिले मुस्कुराउँछ त्यो मानिस जहिले खुशी हुँदैन,
कोहि पनी कसैको मनमा बसेर कुरा बुझ्न सकिदैंन।
त्यसैले जे कुरा छ स्पष्ट राख्नु एकदमै आवशक छ,
चिन्ताको कुरा साझा गर्नुपर्दछ अनि मात्रा जीवनमा अघी बढ्न सकिन्छ।

-